काठमाडौं,९मंसिरःभारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् ।
आउँदो वर्षको आईपीएलका लागि आइतबार भएको अक्शनमा पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तको न्यूनतम अक्शन मूल्य २ करोड भारु रहेको थियो ।
यसअघि आइतबार नै अय्यरलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।यसअघि मिचेल स्टार्कलाई गएको वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

