Madhes Khabar
खेलकुद

वीरगन्ज सुपर लिग टी–२० : वीरगन्ज च्यालेन्जर्स र वीरगन्ज ब्लाष्टर विजयी

वीरगन्ज,१०असोजःवीरगन्जमा जारी वीरगन्ज सुपर लिग टी–२० सिजन–३ अन्तर्गत बिहीबार भएको खेलमा वीरगन्ज च्यालेन्जर्स र वीरगन्ज ब्लाष्टर विजयी भएका छन् ।

आदर्शनगर रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन बिहीबार भएको पहिलो खेलमा वीरगन्ज च्यालेन्जर्सले साउथजोन वारियर्सलाई २ विकेटले पराजित गरेको हो । साउथजोन वारियर्सले दिएको १३५ रनको लक्ष्य वीरगन्ज च्यालेन्जर्सले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा पुरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको साउथजोन च्यालेन्जर्सलेपनि पुरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।

बिहीबार नै भएको अर्को खेलमा वीरगन्ज ब्लाष्टरले एन्जल्स वल्र्ड स्टार ब्लाष्टरलाई ७ विकेटले पराजित गरेको हो ।वीरगन्ज ब्लाष्टरको लगातार दोस्रो जित हो । एन्जल्सले दिएको ११० रनको लक्ष्य वीरगन्ज ब्लाष्टरले १२.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । यसअघि एन्जल्सले पुरा २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।

पर्सा क्रिकेट संघको समन्वयमा वीरगन्ज युथ स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागीता थियो ।बुधबारदेखि सुरु प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।

 

Related posts

सोहेलको उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो

MadhesKhabar

ठोरीमा जारी” तिजकप” फुटबलको फाइनलमा वनशक्ती युवा क्लब

MadhesKhabar

आईपीएलमा आज गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई खेल्दै

MadhesKhabar

Leave a Comment