Madhes Khabar
खेलकुद

आईपीएलमा आज गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई खेल्दै

काठमाडौं,१८चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई वटा खेल हुँदैछ । आजको पहिलो खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद भिड्दैछन् । यी दूईबिचको खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।गुजरात र हैदराबादले जारी आईपीएलमा यसअघि खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेका छन् ।

आजको अर्को खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । यी दुईबिचको खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । जारी आईपीएलमा यसअघिका दुई खेलमा जितसहित चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा हार बेहोरेको दिल्ली अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

यसअघि शनिबारराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले हराएको थियो । लखनउको दुई खेलमा यो पहिलो जित हो ।

Related posts

वीरगन्जमा जारी एनआई कप क्रिकेटको फाइनलमा ग्लोबल कलेज र ज्ञानदा एकेडेमी भिड्ने

MadhesKhabar

वीरगन्जमा जारी प्रो–क्लब च्याम्पियनसिप : युपी ११ विरुद्ध पुलिस ६ विकेटले विजयी

MadhesKhabar

साउथ जाेनलाई हराउँदै साहिब दरबार वीरगन्ज सुपर लिगकाे फाइनलमा

MadhesKhabar

Leave a Comment