Madhes Khabar
समाचार

जिल्ला प्रशासन कार्यालय पर्साले भाडामा लगाएका सटरहरु खाली गर्न ३५ दिने सूचना जारी

वीरगन्ज,९मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यलय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले गत शुक्रबार जारी गरेको सूचनामा घाडामा लगाइएका सटरहरु ३५ दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको मंसिर ७ गतेको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा रहेका सटरहरु भाडामा लगाइएकोमा हाल कार्यालयमा सेवाग्राहीहरूको अत्यधिक चाप बढेको र नागरिकलाई निर्वाध तथा सरलीकृत सेवा वितरणका लागि उक्त सटरहरु रहेका कोठाहरु यस कार्यालयको प्रयोगका लागि अत्यावश्यक हुन गएकोले सटरहरु भाडामा लगाउने सम्झौतामा भएको व्यवस्था बमोजिम सूचना जारी गरिकै मितिबाट लागू हुने गरी ३५ दिन भित्र सम्झौता बमोजिम बुझाउन बाँकी भाडा रकम दाखिला गरी सटर कोठा खाली गरिदिन अनुरोध गरिएको छ ।

घण्टाघर चोकदेखि रानीघाट जाने बाटोमा रहेको जिल्ला प्रशासन कार्यलय पर्साको प्रांगणमा रहेका ५ वटा सटर कोठाहरु भाडामा लगाइएको थियो ।

Related posts

राष्ट्रिय बाल दिवस अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगीतामा गौतम माविका चौधरी प्रथम

MadhesKhabar

बारामा ठूलो परिमाणमा ब्राउनसुगर सहित अन्सारी पक्राउ

MadhesKhabar

 पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु

MadhesKhabar

Leave a Comment