Madhes Khabar
समाचार

जिल्ला प्रशासन कार्यालय पर्साले भाडामा लगाएका सटरहरु खाली गर्न ३५ दिने सूचना जारी

वीरगन्ज,९मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यलय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले गत शुक्रबार जारी गरेको सूचनामा घाडामा लगाइएका सटरहरु ३५ दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको मंसिर ७ गतेको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा रहेका सटरहरु भाडामा लगाइएकोमा हाल कार्यालयमा सेवाग्राहीहरूको अत्यधिक चाप बढेको र नागरिकलाई निर्वाध तथा सरलीकृत सेवा वितरणका लागि उक्त सटरहरु रहेका कोठाहरु यस कार्यालयको प्रयोगका लागि अत्यावश्यक हुन गएकोले सटरहरु भाडामा लगाउने सम्झौतामा भएको व्यवस्था बमोजिम सूचना जारी गरिकै मितिबाट लागू हुने गरी ३५ दिन भित्र सम्झौता बमोजिम बुझाउन बाँकी भाडा रकम दाखिला गरी सटर कोठा खाली गरिदिन अनुरोध गरिएको छ ।

घण्टाघर चोकदेखि रानीघाट जाने बाटोमा रहेको जिल्ला प्रशासन कार्यलय पर्साको प्रांगणमा रहेका ५ वटा सटर कोठाहरु भाडामा लगाइएको थियो ।

Related posts

वीरगन्जमा ८७८ एम्पुल लागूऔषधसहित दुई भारतीय महिला पक्राउ

MadhesKhabar

लागूऔषध तस्करीमा किशोरको प्रयोग बढ्दो

MadhesKhabar

अब वीरगन्जमापनि उपलब्ध हुदैं ‘पठाओ’ सेवा,बाइक राइडरको दर्ता सुरु

MadhesKhabar

Leave a Comment