Madhes Khabar
स्वास्थ्य

पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन कांग्रेसको अहम् भुमिका छ : मन्त्री क्षेत्री

वीरगन्ज,७मंसिरःमधेस प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शैयामा विस्तार गर्दै प्रादेशीक अस्पताल बनाउने निर्णय गरेकोमा खुशी व्यक्त गरेका छन् ।

बिहीबार बसेको संघीय सरकारको मन्त्री परिषदको बैठकले १५ शैयाको पोखरिया अस्पताललाई ५० शैयामा स्तरोन्नत्ती गर्दै प्रादेशीक अस्पताल बनाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयले सम्पूर्ण पर्साबासीलाई हर्षित बनाएको भन्दै मधेस प्रदेशका मन्त्री क्षेत्रीले पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन आफुलेपनि प्रदेश सभा बैठकमा लगातार अवाज उठाउदै आएको बताए ।उनले आँफुले नेपाली कांग्रेसबाट यसअघि प्रदेश सरकारका स्वास्थ्यमन्त्री विरेन्द्र सिंहलाई पनि भेटेर पोखरिया अस्पतालको स्तरोन्नत्तीबारे ध्यानाकर्षण गराएको बताए ।

त्यस्तै संघीय सरकारका अहिलेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाईपनि पटक पटक भेटेर पहल गरेकै कारण फलस्वरुप पोखरिया अस्पताल ५० शैयामा विस्तार गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय सरकारले गरेको उनले बताए ।

बिहीबारको मन्त्रीपरिषद बैठकमा कांग्रेसका नेतासमेत रहेका स्वास्थ्यमन्त्री पौडेलले पोखरिया अस्पताललाई प्रादेशीक अस्पताल बनाउने प्रस्ताव लगेको र मन्त्रीपरिषदले त्यसलाई पारित गरेको क्षेत्रीले बताए । पर्साबासीका लागि सरकारले गरेको यस ऐतिहासिक निणर्यमा आ आफनो ठाँउ र हैसियतबाट भूमीका खेल्ने जिल्लाका सांसद र राजनीतिक दल सबैलाई क्षेत्रीले धन्यवादपनि दिए ।

 

 

Related posts

नेशनल मेडिकल कलेजमा औंलो रोगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

ठाेरीकाे रामनगरमा भालुको आक्रमणमा परि श्रीमान् श्रीमती घाइते

MadhesKhabar

बाराको प्रसौनीमा २१७ जनाको आँखा जाँच गर्दा १०२ जनामा देखियो मोतियाबन्दुको समस्या

MadhesKhabar

Leave a Comment