Madhes Khabar
स्वास्थ्य

ठाेरीकाे रामनगरमा भालुको आक्रमणमा परि श्रीमान् श्रीमती घाइते

वीरगन्ज ,२०माघ : पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ३ रामनगरमा भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छ्न् ।

शुक्रबार जंगलबाट घाँस लिएर फर्कने क्रममा रामनगरकी सुकमाया तामाङलाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान् बिबिलाल लाेप्चन पनि घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।

जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान् बिबिलालको अवस्था भने सामान्य रहेको छ ।

घाइते दुवैकाे वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

मधेसका सरकारी अस्पतालहरूमा सुधारका लागि मुख्यमन्त्री सिंहले मन्त्री र सचिवसंग गरे छलफल

MadhesKhabar

वीरगन्जको अलौंमा आयोजित निःशुल्क आँखा परिक्षण शिविरबाट २३१ जना लाभान्वित

MadhesKhabar

नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन

MadhesKhabar

Leave a Comment