Madhes Khabar
स्वास्थ्य

ठाेरीकाे रामनगरमा भालुको आक्रमणमा परि श्रीमान् श्रीमती घाइते

वीरगन्ज ,२०माघ : पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ३ रामनगरमा भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छ्न् ।

शुक्रबार जंगलबाट घाँस लिएर फर्कने क्रममा रामनगरकी सुकमाया तामाङलाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान् बिबिलाल लाेप्चन पनि घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।

जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान् बिबिलालको अवस्था भने सामान्य रहेको छ ।

घाइते दुवैकाे वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

नेपालीका लागि खुशीको खबर : स्वास्थ्य बीमा रकम ५ लाख पुर्‍याउने तयारी

MadhesKhabar

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच भयो स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

MadhesKhabar

वीरगन्ज हेल्थ केयरले उद्धारमा खटिने सशस्त्र प्रहरीहरुलाई दियो प्राथमिक उपचारको तालिम

MadhesKhabar

Leave a Comment