Madhes Khabar
स्थानिय

बाराको विश्रामपुर गाँउपालिकामा आज सार्वजनिक विदा

बारा,७मंसिरःबाराको विश्रामपुर गाउँपालिकामा आज(शुक्रबार)सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी प्रशुराम बैठाको बिहीबार साँझ अल्पआयुमै निधन भएको शोकमा गाँउपालिकाले आज पालिकामा सार्वजनिक बिदा दिएको हो ।

कार्यालय सहयोगी परशुराम बैठाको निधनबाट गाउँपालिका परिवार नै मर्माहित भएको भन्दै गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोले बैठाको निधनलृ गाउँपालिकाले एक कुशल र शालिन कर्मचारी गुमाएको बताएका छन् ।

शोक सन्देशमा अध्यक्ष भुटोले बैठा प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै उनको मृत आत्माको चिरशान्तिका लागि कामना गर्दै आज शोक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए ।

उनका अनुसार, पालिका अन्तर्गत रहेका गाँउकार्यपालिकाको कार्यालय, पालिकाका सबै वडा कार्यालय, शिक्षण संस्था स्वास्थ्य संस्था लगायतका कार्यालय आज बन्द रहेको छ ।

Related posts

वीरगन्जको हाम्रो सहारा सहकारीका सञ्चालक र कर्मचारी फरार

MadhesKhabar

चुनावी घोषणापत्र अनुसार काम गर्न मेयर र उपमेयरलाइ काँग्रेसको आग्रह

MadhesKhabar

सखुवाप्रसौनीमा हावाहुरीबाट भएका क्षतिकाे अध्यक्ष यादवले गरे निरीक्षण

MadhesKhabar

Leave a Comment