Madhes Khabar
स्थानिय

सखुवाप्रसौनीमा हावाहुरीबाट भएका क्षतिकाे अध्यक्ष यादवले गरे निरीक्षण

वीरगन्ज,२४जेष्ठ:बुधबार रातिकाे हावाहुरीले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पनि ठूलो क्षति पुर्याएको छ।हावाहुरीले सखुवा प्रसाैनी गाउँपालिकाका दर्जनाै घर र कृषि, बालीमा क्षति पुर्याएको छ।

हावाहुरीले क्षति पुर्याएका गाँउमा बिहीबार गाउँपालिका अध्यक्ष यशवन्त यादवले स्थलगत निरीक्षण गर्दै क्षतिकाे विवरण संकलन गरेका छन्।

अध्यक्ष यादवले भने, “हावाहुरीले धेरै घरहरूमा क्षति पुर्याएको छ। केही घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ।” उनले पिडित परिवारका लागि राहत जुटाउन संघ र प्रदेश सरकारसंगै र सामाजिक संघसंस्थालाई अनुरोध गरेका छन्।

यस्तै वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतोलेपनि हावाहुरीले धेरै किसानका बाली नष्ट भएकाले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर परेको बताए ।उनले स्थानीयवासीलाई मनोबल उच्च राख्न र सहायताका लागि आवश्यक कदमहरू चाल्न संघसंस्थासंग आग्रह गरे।गाँउपालिकालेपनि पिडित परिवारकाे राहतका लागि छिट्टै काम थाल्ने उनले बताए ।

 

Related posts

एसईई परीक्षामा चिट चाेराउने शिक्षक र नक्कली गार्ड पक्राउ

MadhesKhabar

बारा: न्याय माग्न जाँदा असईले वडा सदस्यलाई प्रहरी चाैकीभित्रै कुटे

MadhesKhabar

भारतमा ९ महिना देखि हराएका युवकको वीरगन्ज महानगरद्धारा उद्धार

MadhesKhabar

Leave a Comment