
मधेसखबर
वीरगन्ज,१९जेठः नेपाली काँग्रेसले चुनावका बेला गरिएका प्रतिबद्धता र वाचाहरु पुरा गर्न वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको ध्यानाकर्षण गराएको छ ।
बिहीबार काँग्रेस महानगर कार्य समितिले महानगरपालिकाको कार्यालयमै पुगेर मेयर राजेशमान सिंह र उपमेयर इम्तियाजलाइ ध्यानाकर्षण पत्र बुझाउदैै चुनावी घोषणा पत्रमा गरिएका प्रतिबद्धता र वाचा पुरा गर्न आग्रह गरेको हो ।
काँग्रेस महानगर कार्य समितिका सभापति मणिन्द्रलाल श्रेष्ठले मेयर सिंह र उपमेयर आलमलाइ बुझाएको ध्यानाकर्षण पत्रमा महानगरको मेयर र उपमेयर दुवै पदमा सत्तागठबनधनका साझा उम्मेदवार नै विजयी भइ वीरगन्जको सर्वाङ्गीण विकासको जिम्मेवारी सम्हालेकाले चुनावी प्रचारका बेला गरिएका साझा प्रतिबद्धताहरु अक्षरश कार्यान्वयन गर्न आग्रह गर्दे ध्यानाकर्षण गराइएको उल्लेख छ ।
काँग्रेसको ध्यानाकर्षण पत्र बुझदै नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमले चुनावी प्रतिबद्धता अनुसार नै आफुहरु वीरगन्जको विकास र वीरगन्जवासीको सेवामा लागि सकेको बताएको काँग्रेस नगरउपसभापति सन्तोष गुप्ताले जानकारी दिए ।

