Madhes Khabar
स्थानिय

गाेपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार पासवानले पाउने

वीरगन्ज,२३पुष: यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवाने पाउने भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सहसम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।

अध्यक्ष तिवारीका अनुसार ,यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच पासवानलाई प्रदान गरिनेछ ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए ।स्व.गोपाल गिरीकाे परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

Related posts

महानगरले फोहोर थुपारेपछि टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम

MadhesKhabar

अमलेखगञ्जको जंगलमा बाघले खाँदै गरेको अवस्थामा शव फेला

MadhesKhabar

ठोरीमा पनि राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment