Madhes Khabar
राजनीति

मधेसको विकास र समृद्धिको लागि उपनिर्वाचनमा कांग्रेसलाई जिताउनु पर्छ : कांग्रेस महामन्त्री शर्मा

रौतहट,६मंसिरःनेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको बताएका छन्।

म्ंसिर १६ मा हुने उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मधेस झरेका कांग्रेस महामन्त्री शर्माले बिहीबार रौतहटको ईशनाथ नगरपालिका –७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन्।

श्र्माले भने, ’यो देशमा नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन, कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको हो’ ।कांग्रेस राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मंसिर १६ मा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउन उनले सबैलाई आग्रह गरे।

कांग्रेससंग मधेसको विशेष सम्बन्धन रहेको चर्चा गर्दै महामन्त्री शर्माले मधेसको विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर अझै मजबूत एवं शक्तिशाली बनाउनुपर्ने धारणा राखे।रौतहटको ईशनाथ नगरपालिका –७ को वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिकलाई रुख चिन्हमा मतदान गरी निर्वाचित गराउन महामन्त्री शर्माले सबैलाई आग्रह गरे।

कार्यक्रममा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, कांग्रेसका मधेस प्रदेश सभापति कृष्णा प्रसाद यादव, मधेस प्रदेशका अर्थ मन्त्री जितेन्द्र प्रसाद यादव, माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको रहेको कांग्रेसका मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए।

 

 

Related posts

सबै भन्दा कान्छा उम्मेदवार अनुज भन्छन् – भ्रष्टचार अन्त्य गर्नु नै मेरो पहिलो प्राथमिकता

MadhesKhabar

पर्सा–२ का जनताको समस्या अब कागजमा होइन, काम गरेर समाधान गर्छौ : रास्वपा उम्मेदवार कानु

MadhesKhabar

परवानीपुरमा जसपाकी उपाध्यक्ष प्रत्यासी इन्दु देवी लाेसपामा प्रवेश

MadhesKhabar

Leave a Comment