Madhes Khabar
समाचार

पर्साको झौवाँबाट १०२ बोरा चाइनिज लसुन बरामद

वीरगन्ज,५मंसिरःपर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ झौवाँ गाँउबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठूलो परिमाणमा चाइनिज लसुन बरामद गरेको छ । भारतमा तस्करी गर्नका लागि सीमा नाकामा पर्ने झौवाँ गाँउस्थित योगेन्द्र यादवको कुखुरा फर्ममा भण्डारण गरेर राखिएको १०२ बोरा चाइीनज लसुन बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र प्रहरी र्चौकी अमरपट्टीबाट खटिएको प्रहरीको संयुक्त टोलीले १७ क्वीन्टल ८० किलोग्रामलसुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनका अनुसार, बरामद लसुनको बजार मूल्य ४ लाख ८० हजार ६०० रुपैयाँ रहेको उनले बताए ।

प्रहरीले उक्त लसुन यादवको कुखुरा फर्मबाट बरामद गरेको भएपनि प्रहरी नायब उपरीक्षक भारतीले भने लसुन बरामद भएको कुखुरा फर्मका धनीको नाम भने खुल्न नसकेको बताए ।बरामद लसुन थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

Related posts

बालविवाह र दाईजो प्रथा नियन्त्रणको लागि समाजिक बहिस्कार जरुरी: अध्यक्ष साह

MadhesKhabar

पर्सामा मानव अधिकार उल्लंघनका घटनाप्रति प्रहरीले बेवास्ता गरेको गुनासो

MadhesKhabar

जसपाका युवा नेता सन्ताेष यादवकाे निधन

MadhesKhabar

Leave a Comment