Madhes Khabar
समाचार

सवारी दुर्घटनामा पर्साका एक स्वास्थ्यकर्मीको मृत्यु

सांकेतिक फोटो

प्रमोद यादव
पर्सा,२८ मंसिर : सवारी दुर्घटनामा परि पर्साका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा स्थित स्वास्थ्य चौकीमा कार्यरत अहेब २५ वर्षिय उदय कुमार साह रहेका छन् ।

धनुषाको लालगढ स्थित कुष्ठरोग अस्पतालमा कार्यालयको काम लिएर जाने क्रममा साह सवार ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई मङगलबार पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

चर्को विरोध भएपछि विमान कम्पनीहरूले बुधबारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने

MadhesKhabar

जितपुरमा कश्मीर आतंकवादी हमलाकाे विराेधमा गरिएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

MadhesKhabar

रौतहटमा करेन्ट लागेर एक बालिकाकाे मृत्युु

MadhesKhabar

Leave a Comment