वीरगन्ज,५मंसिरःवीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल परिसरमै बुधबार दम रोग सम्बन्धि जनचेतना कार्यक्रम संम्पन्न भएको छ ।स्वास्थ्य क्षेत्रमा जटिल बन्दै गएको दम रोगसम्बन्धी समस्यालाई न्युनीकरण कसरी गर्ने भन्ने विषयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विएस्सी १५ औं ब्याचका विद्यार्थीहरुले सन्देशमुलक नाटक प्रदर्शन गरेको नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए । त्यसपछि मेडिकल कलेजको मेडिसिन वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरणपनि गरिएको थियो।
उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईशरत जहाँ अन्सारी, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी , प्राध्यापक डा.के. एन. सिंह, सह–प्राध्यापक रविशंकर गुप्ता, नर्सिंग प्रशासन प्रमुख आताउल रहमान अंसारी,कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतको उपस्थिति रहेको थियो ।

