वीरगन्ज,५मंसिर : वीरगन्जस्थित प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयले पाँच वर्षमुनिका बालबालिकालाई भोलि मंसिर ६ गते बिहिवार स्वर्ण विन्दु खुवाउने कार्यक्रम राखिएको जानकारी गराएको छ ।
हरेक महीना सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट बालबालिकाको प्रतिरक्षा प्रणाली बढाइने चिकित्सालयका प्रमुख डा. शिवनारायण गुप्ताले बताए। उनले यस कार्यक्रमबाट बच्चाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने बताए।
बच्चाहरूको दिमागको विकास एक वर्षदेखि पाँच वर्षको बीचमा सबैभन्दा बढी हुने गरेको र स्वर्ण विन्दु कार्यक्रमले उनीहरूको मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेकोले आ आफ्नो बालबालिकालाई स्वर्ण बिन्दु खुवाउन एकदम जरुरी रहेको उनले बताए ।
बच्चाहरूलाई निमोनिया, झाडापखाला,तौल नबढ्नेजस्ता समस्याबाट जोगाउन स्वर्ण बिन्दु खुवाउने गरिएको उनले बताए ।

