Madhes Khabar
समाचार

तस्करीको आशंकामा वीरगन्जबाट ८७ लाखको औषधिसहितको ट्रक प्रहरीको नियन्त्रणमा

वीरगन्ज,१मंसिरःवीरगन्जमा तस्करीको आशंकामा प्रहरीले ८७ लाख रुपैयाँ मुल्यको औषधिसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सचूनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघर चोकमा शुक्रबार राति ना.३ ख ६९७१ नम्बरको मालबाहक ट्रक रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त ट्रकमा बीलबिजकमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा रहेको ८७ लाख ६१ हजार ६७० रुपैयाँ मुल्यको औषधि भेटिएपछि औषधिसहितको ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको औषधिसहितको ट्रक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको भारतीले बताए ।

Related posts

वीरगन्जमा वृक्षारोपण गरेर मनाइयो निजामती सेवा दिवस

MadhesKhabar

आज बेलुकादेखि वर्षा कम हुँदै जाने पूर्वानुमान

MadhesKhabar

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

Leave a Comment