Madhes Khabar
राजनीति

कांग्रेस पर्साकाे बैठकले के के गर्‍याे निर्णय ?

वीरगन्ज,३०कार्तिक:नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यसमितिको शुक्रबार बसेकाे बैठकले विभिन्न निर्णय गरेको छ।

वीरगन्ज-२४ रामगढवास्थित जिल्ला पार्टी कार्यालयमा बसेकाे बैठकले कांग्रेसकाे विभिन्न केन्द्रीय विभागमा जिल्लाबाट प्रतिनिधि छनाैट गरि पठाउने निर्णय गरेकाे छ।यस्तै बैठकले कांग्रेसले देशव्यापी थालेकाे १०० दिने अभियानका लागि जिल्लाका ११३ वटै वडामा जिल्लाबाट प्रतिनिधि पठाउने निर्णयपनि गरेकाे छ।

जिल्ला कार्यसमितिको बैठकले पार्टीका युवा,विद्यार्थी र महिलाका लागि प्रशिक्षण कार्यक्रम आयाेजना गर्ने तथा जिल्लाका सबै १४ पालिकामा पार्टीको बृहत् भेला आयाेजना गर्ने निर्णयपनि गरेकाे कांग्रेस पर्साका प्रचार प्रसार शाखा प्रमुख धर्मेन्द्र कुमार पटेलले जानकारी दिए।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षतामा बसेकाे बैठकमा जिल्ला उपसभापति रामनारायण कुर्मी,जिल्ला सचिवद्वय दिनेश चाैधरी र इम्तियाज आलम,जिल्ला प्रवक्ता रमेश पाण्डे,नेता श्याम पाख्रेल,जिल्ला सदस्य धर्मेन्द्र पटेल,अजय पटेल,प्रवेश सर्राफ,दिपनारायण राैनियार,विवेक चाैरसिया,दिना गुप्ता,रुना देवी,विजय गैरे,क्षेत्रीय सभापतिहरु लगायतकाकाे सहभागिता थियाे।

Related posts

मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका नवनिर्वाचित सांसद कानुलाई भव्य स्वागत

MadhesKhabar

मैले गरेका कामहरु नै मेरो जितको आधार हो : प्रदीप यादव

MadhesKhabar

मेयरबाट राजीनामा दिने तयारीमा बालेन शाह, कहिले दिन्छन् ?

MadhesKhabar

Leave a Comment