Madhes Khabar
राजनीति

मेयरबाट राजीनामा दिने तयारीमा बालेन शाह, कहिले दिन्छन् ?

काठमाडौं,१३पुसःकाठमाडौं महानगरपालिका मेयर बालेन शाहले चुनावअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत एकतामा हस्ताक्षर भएसँगै उनी रास्वपा नेता भएका छन्।

साथै शाह फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा पनि छन्। त्यसैले मेयर पदबाट शाहले राजीनामा दिने तयारी गरिरहेका छन्। कहिले राजीनामा दिने भनेर मिति टुंगो लागिनसकेको र पुसभरिमा राजीनामा दिनसक्ने मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘कहिले राजीनामा दिने भन्ने यकिन भइसकेको छैन। महानगरपालिकामा के–कति कामहरू बाँकी छन्। त्यसका लागि कति समय लाग्छ त्यसबारे हेर्दैछौं। अबको केही हप्तामा राजीनामा दिने तयारी हो,’ उनले भने।

निर्वाचन आयोगमा आइतबार र सोमबार सबै दलहरूले बन्द सूची बुझाउनुपर्नेछ। मेयर शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नम्बर ५ बाट लड्ने चाहना व्यक्त गरेका छन्। तर उनी त्यहीँबाट लड्ने/नलड्ने यकिन भइसकेको छैन।
रास्वपा भने बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार मानेर निर्वाचनमा जाने भएको छ।

 

 

Related posts

कांग्रेस निकट मुस्लिम संघ पर्साकाे अधिवेशन भदाैं १६ गते

MadhesKhabar

चौरसियालाई जिताउन पर्सागढीको मेयरका प्रत्याशी मानन्धरसहितका नेताहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

प्रधानमन्त्री ओली पुस २५ गते चारदिने भारत भ्रमणमा जाने

MadhesKhabar

Leave a Comment