Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

तिहार सुरु, आज धनतेरस मनाइँदै

काठमाडौं,१३कार्तिक : हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज(मंगलबार)देखि आरम्भ हुँदैछ।आज बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

 

समितिले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने र यमदीपदान भने भोलिदेखि सुरु हुने जनाएको छ। काग तिहार पनि बुधबार नै परेको छ। बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ।

 

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिको भनाई छ।

कात्तिक १५ गते बिहीबार दिउँसो १५:१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गरिनेछ। यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७:१५ बजेसम्म परेको छ। यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ। हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ।
कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै वीरगन्ज लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ ।

जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ ।

नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ ।

Related posts

जनकपुर र काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि वीरगन्जमा हैजा नै फैलिएको पुष्टि

MadhesKhabar

बारामा ५ वर्षदेखि रोकिएको जमुनी सिँचाइ योजनाकाे कामले गति लियो

MadhesKhabar

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

Leave a Comment