Madhes Khabar
स्वास्थ्य

वीरगन्जकी डा. गुप्ता कार्डियक सोसाइटी अफ नेपालद्वारा सम्मानित

वीरगन्ज,११कार्तिकःवीरगन्जकी डाक्टर मधु गुप्ता कार्डियक सोसाइटी अफ नेपालद्वारा सम्मानित भएकी छन् । काठमाडौंमा आयोजित २२ औ अन्तर्राष्ट्रिय कांग्रेसमा डाक्टर गुप्ता सम्मानित भएकी हुन् । डाक्टर गुप्ता हाल वीरगन्जको नेशनल मेडिकल कलेजमा कायर्यरत छिन् ।

नेपाल मेडिकल कलेजलेबाट एमबीबीएसको अध्ययन सकेर चीनबाट चिकित्सा शिक्षामा स्नातकोत्तर गरेकी डाक्टर गुप्ताले चितवन कलेज अफ मेडिकल साइन्सेसबाट डाक्टरेट इन मेडिसिन इन कार्डियालोजीको कोर्स गरेकी छिन् ।
डाक्टर गुप्ताले वीरगन्जमै आफना पति डा. महेश्वर प्रसादसंग मिलेर क्लिनीकपनि सञ्चालन गर्दै आएकी छन् ।डा. गुप्ता पूर्व सांसद हरिनारायण रौनियारकी जेठी छोरीपनि हुन् ।

Related posts

यस्ता छन् साग खानुकाे फाइदा

MadhesKhabar

वीरगन्ज र कलैयाको रक्तदान कार्यक्रममा ९६ जनाद्धारा रगतदान

MadhesKhabar

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

Leave a Comment