Madhes Khabar
स्वास्थ्य

नेपालमा दिनहु बढ्दै कारोना , एकै दिन ७१० जनामा संक्रमण पुष्टि

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज,१२साउन : नेपालमा एकै दिन थप ७ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा देशभरबाट ५ हजार २५ जनाको नमूना परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ५ सय ४१ र एन्टिजेनबाट २ हजार ४ सय ८४ जनाको परीक्षण गर्दा पीसीआारबाट ५ सय २४ र एन्टिजेनबाट १ सय ८६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । यस्तै बिहीबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २१५ जना कोरोनामुक्त भएका छन् । हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ हजार ४७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Related posts

पर्सामा हैजा संक्रमण रोकथामका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरुको सुझाव

MadhesKhabar

गाँउघरमै उपचार सेवा दिन जगरनाथपुरको सुहपुर सोहरीमा सामुदायिक स्वास्थ्य इकाई सन्चालन

MadhesKhabar

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द रहेको एमआरआई सेवा आजदेखि फेरि सुरु

MadhesKhabar

Leave a Comment