काठमाडौं,२४जेष्ठ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मन्त्रालयका कृहि उच्च अधिकारी र अस्पतालका मेसुको जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारी र अस्पतालका मेसुको जिम्मेवारी हेरफेर गरेकाे उनका स्वकीय उपसचिव निखिल बर्णवालले जानकारी दिए ।
उनका अनुसार आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा. प्रदीप केसीलाई दिइएको छ । यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. यदुचन्द्र घिमिरे तथा भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ ।

