Madhes Khabar
राजनीति

वीरगन्जमा रास्वपाका २० भन्दा बढी नेताकार्यकर्ताले छाडे पार्टी

वीरगन्ज,३कार्तिकः वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० भन्दा बढी नेताकार्यकर्ताहरु रास्वपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जको लक्ष्मी पार्टी प्यालेशमा जनमत पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पर्साको छिपहरमाई गाँउपालिकाका रास्वपाका युवा नेता सागर यादवको नेतृत्वमा अमित यादव ,अनवर मन्सुरी, लालदेव साह , सुनिल यादव,मनिष यादव, राजन यादव ,उपेन्द्र यादव ,बिक्रम साह, सुनिल साह गरी २० भन्दा बढी कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा जसपा, कांग्रेस,एमाले लगायतका दलका अरु ५० भन्दा बढी कार्यकर्तापनि जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय राजनीतिक समिति सदस्य देवेन्द्र मिश्र, जिल्ल अध्यक्ष ओमप्रकाश सर्राफले उनिहरुलाई अबीरटीका लगाएर पार्टीमा स्वागत गरे ।

रास्वपा परित्याग गरि जनमतमा प्रवेश गरेका युवा नेता सागर यादवले नयाँ वैकल्पिक शक्तिका नाममा रास्वपाको शीर्ष नेतृत्त अनेक भ्रष्टचार र गैरकानूनी गतिविधीमा लागेकाले उक्त दलमा लागिरहन मनले नमानेपछि जनमत पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिए ।
जनमत पार्टीका वीरगन्ज महानगरका पर्यवेक्षक डाक्टर अजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफ ,नेता अनुराग द्धिवेदी,नेतृ रम्भा मिश्रा लगायतका नेताहरुकोपनि उपस्थिति थियो ।

Related posts

बारामा रास्वपाले टुंग्याउन सकेन उम्मेदवार, नेता कार्यकर्ताहरु अन्योलमा

MadhesKhabar

एमाले परित्याग गरी मुकेश पाटेलसहित तीन जना नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

पर्सा–२ मा सुशील कुमार कानुको सक्रिय अभियान

MadhesKhabar

Leave a Comment