Madhes Khabar
राजनीति

बारामा रास्वपाले टुंग्याउन सकेन उम्मेदवार, नेता कार्यकर्ताहरु अन्योलमा

बारा,६माघःराष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार अबेर रातिसम्म पनि बाराका लागि उम्मेदवार चयन गर्न सकेको छैन । बारामा चारवटा निर्वाचन क्षेत्र छन् ।

रास्वपा बाराका जिल्ला सभापति चन्दन स्वर्णकारले आफूहरूलाई अहिलेसम्म पार्टीको तर्फबाट मनोनयन भएका उम्मेदवारको बारेमा जानकारी नआएको बताए ।

मंगलबार उम्मेदवारी दर्ताको समय रहेको भए पनि रास्वपाले उम्मेदवारको विषय टुंग्याउन नसक्दा जिल्लाका नेता–कार्यकर्ता अन्योलमा छन् ।

जिल्ला सभापति स्वर्णकारले आफूहरूलाई उम्मेदवार चयन प्रक्रियामा सहभागी नगराइएको बताए । ‘जिल्ला सभापति भए पनि उम्मेदवार चयन प्रक्रियामा मेरो कुनै सहभाागिता छैन,’ स्वर्णकारले भने ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा माओवादी छाडेर केही दिनअघि रास्वपा प्रवेश गरेका मधेु प्रदेश सभाका पूर्वसदस्य रहबर अन्सारीको सम्भावना बढी देखिएको छ । पार्टीका केन्द्रीय नेतासँग प्रतिनिधिसभाको टिकट प्राप्त गर्ने गरी सहमति गरेर उनि पार्टी परित्याग गरी रास्वपामा आएको जिल्लाका नेताहरू बताउँछन् ।

बारा ४ बाटै व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारीको पनि चर्चा छ ।

जिल्लाका अन्य तीन क्षेत्रमा आकांक्षी को–को छन् भन्ने नै आफूहरुलाई जानकारी नभएको रास्वपाका स्थानीय नेताहरूले बताएका छन् ।

‘उम्मेदवारी दर्ता प्रक्रियामा को–को सहभागी भए, कसलाई पार्टीले टिकट दिँदैछ भन्ने अहिलेसम्म केही आएको छैन,’ बारा ३ का क्षेत्रीय उपसभापति सुशील लम्सालले भने ।

रास्वपाका स्थानीय नेताहरूले पार्टीको उम्मेदवार चयन प्रक्रियाप्रतिको असहमति सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।साभारःअनलाइनखबर

Related posts

प्रदेश सरकार खारेज गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाको माग

MadhesKhabar

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि तात्यो नेविसंघ

MadhesKhabar

मधेस प्रदेशमा सरकारविरुद्ध भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा

MadhesKhabar

Leave a Comment