Madhes Khabar
राजनीति

प्रदेश सरकार खारेज गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाको माग

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१७असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीयताको स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्र्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने बताए ।उनले वर्तमान अवस्थाको संघीयता सही नभएको बताउदै प्रदेश संरचनाको कुनै औचित्य नभएकाले खारेज नै गर्नु पर्नेमा जोड दिए ।

थापाले भने ,‘संघीयताको अहिलेको स्वरूप परिवर्तन गर्न आवश्यक छ, प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन त्यसैले प्रदेश सरकार राखेर गरेर स्थानीय तहलाई बलियो बनाउँनु पर्छ । उनले देशमा दुई तहको सरकार भएको संघीयता आवश्यक रहेको बताए । अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने दाबी समेत गरे ।

उनले भने ,‘ ‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ , धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन ,यसलाई समयमै नियन्त्रण गर्न आवश्यक छ,’ ।
नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहको अध्यक्ष थापाले बताए । थापाले राजसंस्था पुर्नस्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा आफु हिँडेको बताए ।

Related posts

नयाँ मन्त्रीहरु :स्वास्थ्यमा मिश्र,सञ्चारमा खरेल,उद्योगमा सिन्हा,शिक्षामा पुन र कृषिमा परियारकाे नाम सिफारिस

MadhesKhabar

मधेसमा एमालेले मलकाे कारखाना खाेल्छ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

MadhesKhabar

कांग्रेसको मधेस प्रचार प्रसार विभागमा मनोनितहरुलाई प्रमाणपत्र वितरण

MadhesKhabar

Leave a Comment