Madhes Khabar
अर्थतन्‍त्र

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

काठमाडौं,२९असाेज:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ सय ५८ र तेस्रो वर्गमा १ सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४८.५०, दोस्रो वर्गमा १ सय ५० र तेस्रो वर्गमा १ सय ५१ रुपैयाँ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

Related posts

ठोरीबासीका लागि खुशीकाे खबर : ठाेरी भन्सारको स्तरोन्नति हुदैं

MadhesKhabar

पर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा पटेल

MadhesKhabar

वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ

MadhesKhabar

Leave a Comment