Madhes Khabar
समाचार

भारत तस्करी गर्न लागिएको रक्सी बुधौरा नाकाबाट बरामद

सिरहा,२९असोजःसिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद गरेको छ।सिरहा नगरपालिका–१५ बुधौरा नाकाबाट सशस्त्र प्रहरीले उक्त मदिरा बरामद गरेको हो ।

मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको सोफी नामक सिलबन्दी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेले जानकारी दिए। तस्करहरु भने मदिरासहितको मोटरसाइकल छाडेर फरार भएको उनले बताए ।

बरामद मदिरा र मदिरा लोड गरिएको तीन थान भारतीय नम्बर प्लेटका मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बु्झाइने सशस्त्र प्रहरी उपरीक्षक गैरेले जानकारी दिए ।

भारतको बिहार प्रान्तमा विगत एक दशकदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाइएका कारण नेपालको मधेसका नाकाबाट भारतमा रक्सीको तस्करी हुदैं आएको छ ।

 

Related posts

स्वास्थ्य–शिक्षा–रोजगारीलाई प्राथमिकता दिँदै पूर्वमन्त्री अजय चौरसियाको ठूलो घोषणा

MadhesKhabar

वीरगन्ज-कलैया सडकखण्डमा सिटीराइड बसकाे ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी प्रधानमन्त्रीबाट सम्मानित

MadhesKhabar

Leave a Comment