Madhes Khabar
स्थानिय

घाँस काट्न गएका बेला हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

फाइल तस्बिर।

बारा,२८असोजःबारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको कोल्हवी नगरपालिका–२ मा घर भएका ६३ वर्षीय हस्तबहादुर ठोकर रहेका छन्।

सोमबार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। बिहान घाँस काट्न गाँउ नजिकको जंगलमा गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। बिहान अबेरसम्मपनि ठोकर घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँलेले जंगलमा खोज्न जाँदा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक ठोकरको शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। केहीदिन पहिले कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो। रासस

Related posts

जगरनाथपुरमा युवाहरुलाई स्वराेजगार बनाउन सीपमुलक तालिम सञ्चालन

MadhesKhabar

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

बारामा फेरि हत्या गरिएको अवस्थामा एक महिलाकाे शव भेटियाे

MadhesKhabar

Leave a Comment