Madhes Khabar
खेलकुद

भारतलाई हराउँदै अष्ट्रेलिया महिला टी–२० विश्वकपको सेमिफाइनलमा

वीरगन्ज,२८असाेज:भारतलाई हराउँदै अष्ट्रेलिया महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ९ रनले पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना अब निक्कै कम भएको छ ।

अष्ट्रेलियाले दिएकाे १५२ रनकाे लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भारतले पूरा २० ओभर खेल्दै ९ विकेटकाे क्षतिमा १४२ रनमात्र बनाउन सक्याे।उसका लागि कप्तान हरनमप्रित काैरले अविजित ५४ रन र दिप्ती शर्माले २९ रन बनाएपनि त्याे जितका लागि पर्याप्त भएन।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदानमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५१ रन बनाएकाे थियो।उसका लागि ग्रेस हेरिसले ४० तथा ताहिला म्याग्रेथ र इलिस पेरिले समान ३२/३२ रन बनाए।

Related posts

भारतविरुद्धको टेष्ट सिरिजमा न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

MadhesKhabar

गुजरातमाथि बेंग्लाेरकाे सानदार जित

MadhesKhabar

कर्पोरेट सुपर सिक्सेस क्रिकेटकाे ट्रफी र जर्सी सार्वजनिक

MadhesKhabar

Leave a Comment