Madhes Khabar
खेलकुद

कर्पोरेट सुपर सिक्सेस क्रिकेटकाे ट्रफी र जर्सी सार्वजनिक

काठमाडौं,२१बैशाख: नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेटकाे साताैं सिजन आइतबारदेखि सुरु हुने भएको छ । एसएस एभेन्ट्स प्रालि र नेपाल खेलकुद महासंघ (नेकोस) को संयुक्त आयोजनामा हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

शुक्रबार आयोजक एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रविन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले ट्रफी सार्वजनिक गरे ।

तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको साताैं संस्करणमा १५ वटा कर्पोरेट हाउसका टिमले प्रतिस्पर्धा गर्नेछन् । यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । तीन समूहमा चार टिम तथा एक समूहमा तीन टोलीमात्र प्रतिस्पर्धा गर्ने राैनियारले बताए । शुक्रबार नै ड्र सार्वजनिक गरिएको हो ।समूह ‘ए’ मा माछापुच्छ्र्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआईसी एसिया बैंक र प्राइम बैंक तथा समूह ‘बी’ मा आईसीएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् ।

समूह ‘सी’ मा सूर्य नेपाल, आईएमई ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसु गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । ५ ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा हुनेछ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । यस संस्करणको विजेता टिमले आगामी सिजन फ्री इन्ट्री पाउने छ । प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याटर, बलर, फिल्डर र विकेटकिपरले पनि पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिनेछ । प्रतियोगिताको बैंकिङ पार्टनर एनआईसी एसिया छ । सन् २०१४ सुरु कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो ।

सातौं सिजनदेखि नेकोस जोडिएको हो । छैटौं संस्करण सन् २०२० मा भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन लामो समयपछि हुन लागेको आयोजकका राैनियारले बतए ।

Related posts

गाउँपालिकास्तरीय टी– २० क्रिकेट प्रतियोगितामा सखुवा प्रसौनीको विजयी सुरुवात

MadhesKhabar

हैदराबादमाथि चेन्नईकाे फराकिलो जित

MadhesKhabar

काेलकाताकाे पहिलाे हार, चेन्नईकाे तेस्राे जित

MadhesKhabar

Leave a Comment