Madhes Khabar
खेलकुद

गुजरातमाथि बेंग्लाेरकाे सानदार जित

वीरगन्ज,२३बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लाेरले गुजरात टाइटन्सलाई हराएको छ ।बेंग्लाेरले गुजरातलाई ४ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बेंग्लाेरले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका लागि शाहरुख खानले ३७ रन बनाए ।

जितसँगै बेंग्लाेर ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर ८ अंकका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अंक रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।

आईपीएलमा आज आइत दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि सुरु हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

Related posts

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै

MadhesKhabar

नेपालकाे खराब सुरुवात, आसिफ र कुशल सस्तैमा आउट

MadhesKhabar

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment