Madhes Khabar
अर्थतन्‍त्र

दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात

काठमाडौं,२६असोजःरमाइलो तथा जुवाको रुपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौं ) मा मात्रै ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरको तास विदेशबाट नेपालमा आयात भएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौं गरी २ महिनामा  ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरको २० लाख ७ हजार ८९२ थान तास आयात भएको हो । उक्त तास आयात गरे बापत ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व उठेको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा भने ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको थियो । जसबाट ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व उठेको थियो । नेपालमा चीन, भारत, अमेरिका, बेलायत लगायत मुलुकबाट तास आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा बढी चीनबाट ५ करोड २१ लख ३ हजार रुपैयाँको तास आयात भएको भन्सार विभागको तथ्यांक छ । भारतबाट भने ९० लाख ५७ हजार रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको तास आयात भएको थियो ।

Related posts

सीमावर्ती बजार रक्साैलमा भारु भन्दा नेरु बलियाे

MadhesKhabar

आर्थिक मन्दीले पर्सामा एकै वर्ष २३२ उद्योग खारेज

MadhesKhabar

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

MadhesKhabar

Leave a Comment