Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जको खाद्य व्यवस्था कम्पनीले दसैंका लागि मकवानपुरबाट १ करोडको खसी–बोका खरिद गर्‍यो

तस्बिर :कान्तिपुर

पर्सा,२१असोजःदसैंलाई लक्षित गरी वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाले मकवानपुरबाट करिब १ करोड रुपैयाँ बराबरको खसी–बोका खरिद गरेको छ ।

गत शुक्रबारदेखि मकवानपुरको वाग्मती गाउँपालिकामा सुरु गरिएको खरिद कार्य सोमबार बिहान सक्किएको कार्यालयका सूचना अधिकृत समिर दाहालले जानकारी दिए ।उनले मकवानपुरबाट ९८ लाख ३ हजार ३ सय ८२ रुपैया ५० पैसाको ४ सय ८८ वटा खसी–बोका खरिद गरिएको हो ।

दाहालका अनुसार, ७३ साना र ३ सय ८९ ठूला खसी तथा २६ बोका खरिद गरिएको हो । यस वर्ष ५ खसी बोका खरिदको लक्ष्य कार्यालयले राखेको थियो ।

यस वर्ष मकवानपुरको बागमती गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जबीच लिखित सम्झौता नै गरेर उक्त पालिकाबाट मात्र खसी–बोका खरिद गरिएको दाहालले बताए ।बागमति गाँउपालिकाको कार्यालयले खरिद भएका खसी बोका ५ वटा ट्रकबाट ढुवानी गरी कम्पनीको प्रादेशिक कार्यालय थापाथली पु¥याई सकेको दाहालले बताए ।

वीरगन्ज शाखाले यस वर्ष २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ८५ रुपैयाँको भाउमा र २५ किलोभन्दा माथिको खसी प्रतिकिलो ६ सय ५ रुपैयाँको भाउमा खरिद गरेको छ । त्यसैगरी, १८ देखि ३० किलोको बोका प्रति किलो ५ सय ७० रुपैयाँको भाउमा खरिद गरिएको दाहालले जानकारी दिए।

खाद्यले यस वर्ष बागमती गाउँपालिकाबाट मात्र खसीबोका खरिद गरेको हो । उक्त पालिकाकासँग लिखित सम्झौतानै गरी खाद्यले खसी बोका खरिद कार्य सुरु गरेको थियो । सम्झौता अनुसार, खरिद भएका खसी बोका ढुवानी गरी काठमाडौं पु¥याउने जिम्मा बागमती गाउँपालिकाको कार्यालयको थियो ।शंकर अचार्य/कान्तिपुर

Related posts

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

MadhesKhabar

दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात

MadhesKhabar

भारतीय मालवाहक गाडीलाई २४ घण्टाका लागिमात्र अनुमती दिनुपर्ने वीरगन्जका व्यवसायीको माग

MadhesKhabar

Leave a Comment