
काठमाडौं,१३साउनः नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज (आइतबार) ससुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गतत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै गत शुक्रबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ४५ हजार रुपैयाँ भएको छ ।
यसैगरी चाँदीको मूल्यपनि आज तोलामा १० रुपैयाँले बढेको छ ।गत शुक्रबार प्रतितोला १ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७४० रुपैयाँ निर्धारण महासंघले जनाएको छ ।

