काठमाडौं,६कार्तिकःबजारमा अण्डाको मूल्य बढेको छ । व्यवसायीहरूका अनुसार मागअनुसारको उत्पादन नहुँदा अण्डाको मूल्य बढेको हो ।हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ ।
किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो अण्डा चार सय ५५ र एक्सेल अण्डा पाँच सय ४ सय ७० रूपैयाँ तोकिएको छ ।एक साता अघि किसानले मध्यम आकारको अण्डा तीन सय ९५, ठूलो अण्डा चार सय २५ र एक्सेल अण्डा चार सय रूपैयाँ पाएका थिए । किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ ।
अहिले उपभोक्तालाई अण्डा प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँसम्म बढेको लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए ।हाल उपभोक्ताले मध्यम आकारको अण्डाको लागि प्रतिक्रेट ४ सय ९० रूपैयाँ तिर्नुपर्छ ।त्यस्तै, ठूलो अण्डा पाँच सय २० रूपैयाँसम्म पर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० देखि ४० रूपैयाँ छ ।यस अघि उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट ४ सय ७०, ठूलो अण्डा ४ सय ८० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तिरिरहेका थिए ।

