Madhes Khabar
अर्थतन्‍त्र

आज फेरि घट्यो सुनको भाउ

वीरगन्ज, ६ चैत : नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको भाउ प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । त्यस दिन सुनको भाउ तोलाको ३ लाख ३९ हजार ३ सय र चाँदीको भाउ तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

Related posts

वीरगन्ज महानगरपालिकाद्वारा पाँच महिनामा गत वर्षको भन्दा ४ करोड बढी राजश्व संकलन

MadhesKhabar

पर्सा-बारा औद्योगिक काेरिडाेरमा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या

MadhesKhabar

चुनावको मौन अवधिभर रक्सी बिक्री वितरणमा प्रतिबन्ध

MadhesKhabar

Leave a Comment