Madhes Khabar
अर्थतन्‍त्र

सुन–चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं,८साउनः नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। सुन प्रतितोलामा ५ हजार ८०० र चाँदी प्रतितोलामा १५५ रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार ५०० पुगेको हो। हिजो (बिहीबार) एकतोला सुनको मूल्य २ लाख ९१ हजार ३०० कायम भएको थियो।

यस्तै आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Related posts

असोज महिनाका लागि पनि बैंकहरुले घटाए ब्याजदर

MadhesKhabar

सुन र चाँदी दुवैको मूल्य बढ्याे

MadhesKhabar

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैया मूल्य घट्यो

MadhesKhabar

Leave a Comment