Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज नाकाबाट दुई महिनामा २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज,७असोजःवीरगन्ज नाका हुँदै दुई महिनामा २६ अर्ब ३३ करोड बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२ ०८३ को साउन र भदौं गरी दुई महिनामा वीरगन्ज नाका हुदैं २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ(डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल) आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ११ अर्ब ९१ करोड मूल्यको १ लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल ,६ अर्ब ८२ करोड मूल्यको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल, ५ अर्ब १२ करोड मूल्यको ४ करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात भएको हो ।

दुई महिनामा आयात भएको पेट्रोलियम पदार्थबाट वीरगन्ज भन्सार कार्यालयले १ अर्ब २९ करोड बढी राजस्व संकलन गरेको ज्ञवालीले जानकारी दिए ।(रासस)

Related posts

उद्योग वाणिज्य महासंघको मधेस प्रदेश अध्यक्षमा टेमानी सर्वसम्मत चयन

MadhesKhabar

सुनकाे भाउ बढेर ताेलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्याे

MadhesKhabar

भन्सारमा तस्करहरुको राज चलिरहेको छः सांसद प्रदीप यादव

MadhesKhabar

Leave a Comment