काठमाडौं,५चैत : नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको हो। यसअघि हिजो (बुधबार) एक तोला सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय ४० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज १ सय ४० रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो (बुधबार) चाँदी तोलाको ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

