वीरगन्ज,२२असार: युवा उद्यमी सन्दीप अग्रवाल र पंकज अग्रवाल वीरगन्ज उद्योग वाणिज्य संघको आमन्त्रित सदस्यमा मनोनीत भएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले सन्दीप र पङ्कजलाई विशेष आमन्त्रित सदस्यको रूपमा मनोनीत गरेका हुन् ।
संघका अध्यक्ष अग्रवालले सन्दीप र पङ्कज जस्ता योग्य, कुशल एवं सक्षम व्यक्तित्वलाई सदस्यका रूपमा मनोनीत गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भइरहेको बताए ।
स्यानेटरी वेयर र रीटेल व्यवसायमा आबद्ध सन्दीप नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्ज सङ्कायका अध्यक्ष हुन् भने प्रिन्टीङ् व्यवसायमा आबद्ध रहेका पङ्कज एनवाइइएफ वीरगन्जका प्रथम उपाध्यक्ष हुन् ।
सन्दीप र पङ्कजले संघको सदस्यका रूपमा सर्वाङ्गीण विकास तथा यस क्षेत्रका उद्योग व्यापारलगायत उद्योगी व्यवसायीहरू समेतको हकहितको संरक्षण, संवर्द्धनमा ठोस योगदान पुर्याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

