Madhes Khabar
समाज

प्रहरी दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजित कार्यक्रममा ७३ जनाद्वारा रक्तदान

वीरगन्ज,१९असोजःजिल्ला प्रहरी कार्यालय पर्सामा शनिबार आयोजित रक्तदान कार्यक्रममा जनाले ७३ जनाले रक्तदान गरेका छन् ।६९ औं प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय पर्साले आफनै परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित ७३ जनाले रगतदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभराज पाण्डेले जानकारी दिए ।

कार्यक्रममा रगत दान गर्नेहरुमा सानिया खातुन,अनिता ठाकुर,क्रिश्चला तमांग,सुरेन्द्र पटेल,नितिन कुमार, रामबाबु गुप्ता,मोविन अन्सारी,अमित यादव,प्रेमबहादुरर भण्डारी,दिलिप साह सोनार,सुमन बहादुर विश्वकर्मा,बाबुराम ढकाल,राजेश महत्तो लगायतका रहेका छन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेल,प्रहरी नायब उपरीक्षक दीपक भारत लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

वीरगन्जको आमाको माया छात्रवासमा थर्मस, मोजा र पञ्जा सहयोग

MadhesKhabar

पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग

MadhesKhabar

दलितबस्तीमा मेडिकल कलेजको शिविरबाट ७०५ जना लाभान्वित, ३०० जनालाई न्यानो कपडा वितरण

MadhesKhabar

Leave a Comment