Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा गाेली हानेर श्रीमतीको हत्या

सांकेतिक तस्बिर ।

सर्लाही,१०असाेज:सर्लाहीमा एक पुरुषले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गाेली लागृर ती पुरुषका बुवा गम्भीर घाइते छन्।

सर्लाहीकाे हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बिहीबार बिहान पौने दुई बजे ती अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेका हुन्। गोली प्रहारबाट ५४ वर्षीया बुवा दिनेश राय घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

गाेली हान्ने धिरेन्द्र फरार  रहेको र उनकाे खोजी भइरहेको श्रेष्ठले जानकारी दिए।

बायाँ कञ्चटमा गोली लागेकी चित्ररेखाकाे घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बुवा दिनेशको बाँया हातमा गोली लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पारिवारिक विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

Related posts

जग्गाको विवाद हुँदा रौतहटमा एक जनाको मृत्यु

MadhesKhabar

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

MadhesKhabar

मधेस सरकार असफल भएकाे साेनलकाे आराेप

MadhesKhabar

Leave a Comment