
रौतहट,१२फाल्गुनःजग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ ।विवादको क्रममा दुर्गा भगवती गाउँपालिका– २ भलोहिया बस्ने बर्ष ४० को जयप्रकाश दासको मृत्यु भएको हो । गाँउकै ५० बर्षिय चन्देश्वर महतोले धकेल्दा दासको मृत्यु भएको पीडित पक्षले जनाएको छ ।
लडेर अचेत भएका जयप्रकाशको उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जग्गाको बिषय लिएर भएको दुई पक्षबीच बिबाद भएको क्रममा मृत्यु भएको तथा शवको परिक्षण पछि थप कुरा खुल्ने प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
महतोलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभारःदेशसञ्चारबाट

