Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्साकाे पटेर्वा सुगाैलीमा सञ्चालनमा आयाे जिल्लाकै पहिलाे आधारभुत अस्पताल,देउवाले गरे उद्घाटन 

वीरगन्ज,८असाेज:चार वर्षपहिले देशभर एकैसाथ शिलान्यास गरिएका ३०९ अस्पतालमध्येकाे पर्सामा पहिलाे आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएकाे छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालकाे शिलान्यास गरेका थिए ।त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालकाे शिलान्यास गरिएकोमा पटेर्वा सुगाैली गाँउपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएकाे हाे ।
२०७७ मंसिर १५ मा पर्सा जिल्लामा भने पटेर्वा सुगाैली,धाेबिनी ,जिराभवानी र ठाेरी गाँउपालिकामा गरि चार वटा आधारभुत अस्पतालकाे शिलान्यास गरिएकोमा जिल्लामा एकमात्र पटेर्वा सुगाैलीकाे आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले बताए ।
मंगलबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति शेरबहादुर देेउवाले आधारभूत अस्पतालकाे समुदघाटन गरेसंगै उक्त अस्पताल सञ्चालनमा आएको हाे ।देउवाले १० शैयाकाे अस्पतालकाे रिबन काटेर समुदघाटन गरेका हुन् ।
पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ सुगाैली फरहदवा ८ कराेड १० लाख रुपैयाँको लागतमा १० शैयाकाे आधारभूत अस्पताल निर्माण गरिएको हाे।जसमा पालिकाले २ कराेड रुपैयाँकाे विभिन्न उपकरणहरुकाे व्यवस्थापन गरेकाे पालिका उपाध्यक्ष ममता महताे थारुले जानकारी दिइन्।
उनका अनुसार,मंगलबारदेखि सञ्चालनमा आएकाे आधारभूत अस्पतालमा डिजिटल एक्सरे,अत्याधुनिक प्रयाेगशाला(ल्यब),इसिजी,अल्ट्रासाउन्ड(युसजी) र आफ्नै फार्मेसीकाे सेवा उपलब्ध छ।यस्तै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध छ।

अस्पतालमा हप्ताकाे सातै दिन फिजिसियन चिकित्सक १ जना कार्यरत छन् भने हप्ताकाे १ दिन प्रसुती विशेषज्ञ चिकित्सकपनि खटिने उपाध्यक्ष थारुले जानकारी दिइन्।यसका साथै स्टाफ नर्स ३ जना र हेल्थ असिस्टेन्ट ६ जना कार्यरत रहेकाे उनले बताइन्।
यस अस्पतालमा पटेर्वा सुगाैलीसंगै जिराभवानी,सखुवा प्रसाैनी र जगरनाथपुर गरि चार पालिकाका बिरामी र सेवाग्राहीले लाभ लिने पटेर्वा सुगाैली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।
याे आधारभूत अस्पताल सञ्चालनमा आएपछि यी चार पालिकाका बिरामी र सेवाग्राहीलाई उपचारका लागि अब सदरमुकाम वीरगन्जमा धाउन नपर्ने उनले बताए ।

गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षता तथा पूर्वप्रधानमन्त्री देउवाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा संघीय सरकारका कानुनमन्त्री अजय चाैरसिया,पूर्व उद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री ,कांग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा,पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चाैधरी,प्रदेशसभा सदस्य श्याम पटेल लगायतकाेपनि सहभागीता थियाे।

Related posts

पर्सामा पाटे बाघ मृत अवस्थामा फेला

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहबाट दुई कैदी फरार

MadhesKhabar

मेयर सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरिदै

MadhesKhabar

Leave a Comment