Madhes Khabar
समाज

साहिब दरबारले वीरगन्जको लालपर्सामा बालबालिकालाई बाँड्याे स्कुल ब्याग

वीरगन्ज,७असाेज:वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा स्कुले बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ।

लालपर्सास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे बालविकास कक्षामा अध्ययनरत १ सय जना बालबालिकालाई साेमबार साहिब दरबार पर्साले स्कुल ब्याग वितरण गरेकाे हाे।साहिब दरबारकाे पाँचौ वार्षिकोत्सवकाे अवसरमा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको साहिब दरबार पर्साका अध्यक्ष उमेशलाल सहनीले बताए ।

विद्यालय परिसरमै आयाेजित कार्यक्रममा साहिब दरबा पुज्य सरकार जी महाराज र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकालाई स्कुल ब्याग प्रदान गरेका थिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनाेजकुमार यादवकाे अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल,गाँउका समाजसेवी,शिक्षक,शिक्षिका,अभिभावक लगायतकोपनि उपस्थिति रहेकाे थियाे ।

Related posts

मेयर सिंह भन्छन् : गलत काम गर्छु भने कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको हो

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

वीरगन्जको रामगढवामा पुर्वमन्त्री चौरिसयाले उद्घाटन गरेको कार्यक्रममा ८१ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment