Madhes Khabar
समाज

साहिब दरबारले वीरगन्जको लालपर्सामा बालबालिकालाई बाँड्याे स्कुल ब्याग

वीरगन्ज,७असाेज:वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा स्कुले बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ।

लालपर्सास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे बालविकास कक्षामा अध्ययनरत १ सय जना बालबालिकालाई साेमबार साहिब दरबार पर्साले स्कुल ब्याग वितरण गरेकाे हाे।साहिब दरबारकाे पाँचौ वार्षिकोत्सवकाे अवसरमा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको साहिब दरबार पर्साका अध्यक्ष उमेशलाल सहनीले बताए ।

विद्यालय परिसरमै आयाेजित कार्यक्रममा साहिब दरबा पुज्य सरकार जी महाराज र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकालाई स्कुल ब्याग प्रदान गरेका थिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनाेजकुमार यादवकाे अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल,गाँउका समाजसेवी,शिक्षक,शिक्षिका,अभिभावक लगायतकोपनि उपस्थिति रहेकाे थियाे ।

Related posts

अमलेखगञ्जवासी अझ पनि खानेपानीको अभाव खेप्दै

MadhesKhabar

वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आँखा शिविरबाट १४० जना लाभान्वित

MadhesKhabar

स्वर्गीय पत्रकार नरेश सर्राफकी छोरीलाई वीरगन्ज महानगरले दियो पाँच लाख

MadhesKhabar

Leave a Comment