Madhes Khabar
स्थानिय

वीरगन्जमा सञ्चालनमा आयाे अत्याधुनिक स्किन हेयर एण्ड लेजर सेन्टर

वीरगन्ज,२असाेज:छालामा आएको कपाल, कोठी तथा ट्याटु हटाउनका लागि वीरगन्जजमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको स्किन हेयर एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ ।वीरगन्जको घण्टाघर नजिक सञ्चालनमा आएको सेन्टरको महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् ।

उनले सेन्टरबाट प्रदान हुने गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा वीरगंजवासीले प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।नयाँ नयाँ व्यवसाय संचालन हुनुले आर्थिक अवस्था चलायमान बनाउने भन्दै उनले युवा पुस्ता नविनतम कार्यमा जुट्नु खुसीको कुरा भएको पनि बताए ।

सेन्टरमा अहिलेसम्म वीरगन्जमै उपलब्ध नरहेका सेवाहरु
हाइड्रा फेसियल, ट्याटु रिमुभर, हेयर रिमुभर, कार्बन लेजर, मोल (कोठी) रिमोभर सेवा उपलब्ध रहेको संचालक आरपी जयसवालले जानकारी दिए।यसका साथै आफूहरुले चाँडै नै सिओटु लेजर सेवा समेत उपलब्ध गराउने तयारीमाजुटेको पनि उनले बताए ।

शुक्रबारका दिन १ सय रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै उनले सेवाग्राहीलाई सबै खाले लेजर सेवामा ३० प्रतिशत छुट दिने पनि बताए ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, डा. स्मिता झा
डा.स्वाती साह लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

वर्षा लाग्नु अगावै धमाधम ढल र नालाको सफाई गर्दै वीरगन्ज महानगर

MadhesKhabar

बाराकाे तामागढी गेट नजिक माेटरसाइकल दुर्घटना हुदाँ चालककाे मृत्यु

MadhesKhabar

अस्पताल,विद्यालय लगायतमा नियमित विधुत आपुर्ति गर्न उर्जामन्त्रीसंग वीरगन्जका मेयरको आग्रह

MadhesKhabar

Leave a Comment