Madhes Khabar
स्थानिय

बाराकाे तामागढी गेट नजिक माेटरसाइकल दुर्घटना हुदाँ चालककाे मृत्यु

सांकेतिक फाेटाे ।

बारा,३१भदाैं:पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराकाे निजगढ नगरपालिका वडा नम्बर ८ मा आइतबार राति माेटरसाइकल दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाईकल चालक सर्लाहीकाे धनकौल नगरपालिका-२ बस्ने ३७ वर्षिय दिनेश साह रहेका छन्।

चन्द्रनिगाहपुरबाट पथलैयातर्फ आउँदै गरेको बा ६३ प ७३३० नम्बरको मोटरसाईकल पूर्व-पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक आँफै अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटाेमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा मोटरसाईकलको पछाडी सवार धनकाैल-२ कै ४६ वर्षियलकिशोरी साह घाइते भएका छन्। उनकाे वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related posts

बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

MadhesKhabar

बलात्कारको प्रयास गरेको आरोपमा बारामा एक युवक पक्राउ

MadhesKhabar

जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण

MadhesKhabar

Leave a Comment