Madhes Khabar
राजनीति

लोसपाको मधेस प्रदेश संसदीय दलको नेतामा सोनल चयन

वीरगन्ज,३०भदौं :लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । सोनल , बाराको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभासदस्य हुन् ।

जनकपुरमा बसेको लोसपाको संसदीय दलको बैठकले लोसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेकोे हो । मधेस प्रदेश सभामा लोसपाका एक निलम्बितसहित ९ जना प्रदेश सभा सदस्य छन् ।

संसदीय दलको बैठकले संसदीय दलको नेतामा सोनललाई चयन गरेको निर्णय प्रदेश सभाका सभामुखकोमा पठाएको र सभामुखबाट पनि उक्त निर्णय अनुमोदन भइसकेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

यसअघि उनि २०७४ देखि २०७९ सम्मपनि लोसपाको संसदीय दलको नेता थिए । सोनल मधेस प्रदेश सरकारको पूर्व भौतिक पुर्वाधार विकासमन्त्रीपनि हुन् ।

 

Related posts

मेरो पहिलो प्राथमिकता पार्टी होइन, जनताको समस्या समाधान हो : खानेपानी मन्त्री यादव

MadhesKhabar

बारामा कांग्रेस,एमाले,जसपा नेपालसहित ९९ जना उम्मेदवारको जमानत जफत

MadhesKhabar

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : केपी ओली

MadhesKhabar

Leave a Comment