Madhes Khabar
राजनीति

बारामा कांग्रेस,एमाले,जसपा नेपालसहित ९९ जना उम्मेदवारको जमानत जफत

बारा,२४फागुनःप्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बारामा प्रतिस्पर्धामा रहेका ११० उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भएको छ । कुल सदर मतमध्ये १० प्रतिशत पनि ल्याउन नसकेपछि उम्मेदवारको जमानत जफत भएको हो । यसमा तत्कालीन ठूला र मधेसी दललगायतका उम्मेदवारको समेत जमानत जफत भएको छ ।

जमानत जफत हुनेमा एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, परिवर्तन नेपाललगायतका पार्टीका उम्मेदवार समेत छन् । अधिकांस मत रास्वपाका उम्मेदवारतर्फ गएपछि अन्य दलको आकार खुम्चिएको हो ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार बारा–१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफतको अवस्था छ । बारा–२ मा २९ उम्मेदवारमध्ये २६ उम्मेदवारको जमानत जोगाउन सकेनन् भने बारा– ३ का २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ । बारा–४ मा प्रतिस्पर्धामा रहेका ३७ उम्मेदवारमध्ये ३४ जनाले जमानत जोगाउन सकेनन् ।

Related posts

जसपाको चुनावी समीक्षाः निराशाजनक परिणामका १० कारण

MadhesKhabar

रास्वपाको केन्द्रिय सदस्यमा बाराका दुई सांसद विजयी, दुई जनाले हारे चुनाव

MadhesKhabar

जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

MadhesKhabar

Leave a Comment