Madhes Khabar
राजनीति

रास्वपाको केन्द्रिय सदस्यमा बाराका दुई सांसद विजयी, दुई जनाले हारे चुनाव

सिमरा,१२ असारःबाराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चार सांसदमध्ये दुई जना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा दुई सांसद पराजित भएका छन् ।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी र बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साह निर्वाचित भएका हुन् । अन्सारी मुस्लिम समूह र साह मधेसी समूहबाट बिजयी भएका हुन् । अन्सारीले प्रवासको २२ सहित एक हजार ४७ मत प्राप्त गरे । यसैगरी साहले ९ सय ७० मत पाए । साहले प्रवासबाट ६ मत मात्रै पाए ।

रास्वपाका दुई सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुँदै गर्दा अर्का दुई सांसद भने पराजित भएका छन् । बारा क्षेत्र नम्बर २ का सांसद चन्दन सिंह र बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल भने पराजित भएका छन् । उनीहरुले भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।साभारः अन्नपूर्णपोष्ट

Related posts

पर्साको लोसपाले पनि १३ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझायो

MadhesKhabar

रास्वपाले सांसद खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

MadhesKhabar

न्यायाधीशलाई ‘झोले’ भनेपछि पूर्वमन्त्री प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर

MadhesKhabar

Leave a Comment